२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

पाल्पाको पूर्वखोलामा एमाले विजयी

पाल्पाको पूर्वखोलामा एमाले विजयी

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी भएको छ भने उनको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी उम्मेदवार मीनप्रसाद गिरीले एक हजार २५७ मत पाए । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गरे ।

उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाए ।

पालिकाका छवटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् ।

यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हासिल गरेको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com