२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

विप्लव निकट स्वतन्त्र उम्मेदवारले प्युठानका २ वटा वडामा प्यानल सहित विजयी 

विप्लव निकट स्वतन्त्र उम्मेदवारले प्युठानका २ वटा वडामा प्यानल सहित विजयी

दाङ । प्युठानको माण्डवी गाउपालिका  २ वडामा स्वतन्त्र जनपक्षीय उम्मेदवारको प्यानल बिजयी भएका छन।
गाउँपालिकाको वडा नं: १ र ४ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु निर्वाचित भएका हुन।माण्डवी गाउपालिका -१ मा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बाम बहादुर बुढा (पवन) निर्वाचित भएका छन। उनि ७७० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ६२८ मत प्राप्त गरेका थिए।यस्तै गाउपालिकाको वडा नं: ४ मा नेकपा प्युठानका सेक्रेटरी डिल बहादुर घर्ती (अजय) निर्वाचित भएका छन नेकपाको समर्थन र अन्य केही दलको गठबन्धनबाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका घर्तीले ६४७ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका छन। उनका निकटतम प्रतिद्वन्दीले ५८४ मत प्राप्त गरेका छन।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com