२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

स्थापित र सिंह लाई पछी पार्दै २३८२ मतले अघि बढ्दै बालेन

स्थापित र सिंह लाई पछी पार्दै २३८२ मतले अघि बढ्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन०को अझै अग्रता कायमै छ । यो मध्ये गणना गरिएको मध्ये झण्डै आधा मत बालेनले प्राप्त गरेका छन् ।

सोमबार बिहान ४ बजे प्राप्त अपडेट अनुसार स्वतन्त्र पदका बालेनले ५२१४ मत ल्याउँदा एमालेका केशव स्थापित २८३२ मतमा खुम्चिएका छन् । कांग्रेसकी सिर्जना सिंह तेस्रोमै साँघुरिएकी छिन् । उनले २४७० मप ल्याइन् । यो १४००० गन्दाको परिणाम हो ।

काठमाडौं कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने ठाउँ हो । उनीहरुको संगठन बलियो पनि छ । तर, यो चुनावमा आइरहेको मत परिणाम भने निकै रोचक छ
यस्तो छ कि जित्छु भन्ने दुई ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेनले कै मतान्तरले अग्रता कायम गरिरहेका छन् । यहाँसम्म की एमाले र कांग्रेसका उम्मेदवारको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवारको मत धेरै हुन आउने गरेको छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका बालेनमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको । उनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।

बालेनले चुनाव चिन्ह पाएसँगै सामाजिक सञ्जालमा ट्रोल बन्यो ‘बुढाबुढीलाई टेकाउन मिल्ने–भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ यो भाइरल पनि बन्यो । र, बालेनलाई युवाहरुले साथ पनि दिए ।

मतगणनाको सुरु देखि नै बालेले अग्रता कायमै राखेका छ्न् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com