२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि २० करोडको योजना माग

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि २० करोड रुपैयाँ माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो ।

उक्त गुरुयोजना कार्यान्वयन मूल समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटी मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।

नेपालको धरोहरका रुपमा रहेको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको तनहुँसुरमा विभिन्न योजना निर्माणका लागि रकम माग गरिएको अध्यक्ष ध्रुवराज पण्डितले जानकारी दिए । व्यास नगरपालिका–११ मा आयोजित कार्यक्रममा पण्डितले मुख्यमन्त्रीसमक्ष उक्त मागपत्र प्रस्तुत गरेका थिए ।

बृहत् गुरुयोजनाअन्तर्गत तनहुँसुरमा पर्यटकीय पूर्वाधार निर्माण गरिने र त्यसका लागि बजेट अभाव रहेको उनले बताए । गुरुयोजना बनाएर तनहुँसुरको विकासमा लागेका छौँ, बजेट छैनु, अध्यक्ष पण्डितले भने, प्रदेश सरकारमार्फत बजेट विनियोजन गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।ु

समितिले तनहुँसुरमा प्रवेशद्वार, ढुङ्गाको सिँढी, सङ्ग्रहालय, दृश्यावलोकन, भवन निर्माणलगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको छ । तीन वटा प्रवेशद्वार निर्माणका लागि ३६ लाख, ढुङ्गाको सिँढी तथा रेलिङसहितको पैदलमार्ग निर्माणका लागि ३० लाख, सङ्ग्रहालय निर्माणका लागि रु ५५ लाख, दृश्यावलोकन भवन निर्माणका लागि रु ४० लाख, सामुदायिक घरबास प्रवद्र्धनका लागि रु ७५ लाख, खानेपानीको व्यवस्थाका लागि रु २० लाख बजेट माग गरिएको हो ।

यसैगरी भोरथोकगढी पार्क निर्माणका लागि रु ३५ लाख, वनभोज टहरा निर्माणका लागि छ लाख, स्टिलका बेञ्च निर्माणका लागि सात लाख, तनहुँसुर खड्गकाली मार्ग कालोपत्रका लागि ७५ लाख, कुँडापानी धानगोदाम कनिकेचौतारो पर्यटन मार्ग कालोपत्रका लागि ४५ लाख, गद्दीचौतारा तनहुँसुर कालिका केबलकार निर्माणका लागि रु ५० लाख बजेट माग गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त योजनाका लागि बजेट विनियोजन गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com