२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले) का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ ।

महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पार्नुभएको छ । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय हुनुभएको छ ।

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ ।

कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com