२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

काठमाडौँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

काठमाडौँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

काठमाडौँ । महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहको ३ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ६ हजार ४८६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् ।

नेकपा (एमाले) का केशव स्थापितले भने ३ हजार ४१३ मत ल्याएका छन् । यसैगरी नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ९ मत प्राप्त गरेकी छन् । स्थापितभन्दा बालेन साह ३ हजार ७३ मतले अगाडि छन् ।

यसैगरी उप-प्रमुनमा एमालेको तर्फबाट उम्मेदवार रहेकी सुनिता डङ्गोलले ५ हजार ८९६ मत प्राप्त गरेकी छन् भने नेकपा (एकीकृत समाजवादी)  का रामेश्वर श्रेष्ठले १ हजार ६३२ मत प्राप्त गरेका छन् । श्रेष्ठभन्दा डंगोल ४ हजार २६४ मतले अगाडि छन् ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबार नै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ ।

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com