२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

युगान्डाविरुद्ध फिल्डिङमा नेपाल, अश्मिनाको डेब्यू

जनसेवा न्युज डटकम संवाददाता

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा विरुद्धको पहिलो महिला टी–ट्वान्टी अन्तराष्ट्रियमा बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । आजको खेलमा नेपाल सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

यता युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ । आजको खेलमा अस्मिना कर्माचार्यले डेब्यू गरेकी छन् । घरेलु प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी हुन् । अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेको १५ वर्षपछि नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो ।

नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com