२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

आईपीएलः हैदराबादको तेस्रो जित, दिल्ली फेरि हार्‍यो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले तेस्रो जित हात पारेको छ । शनिबार राति दिल्लीमा भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले पराजित गर्दै ८ खेलमा तेस्रो जित हात पारेको हो । दिल्लीको भने यो छैटौ पराजय हो ।

शनिबार राति १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रनमात्र जोड्न सक्यो । दिल्लीका लागि मिचेल मार्सले ६३ रन तथा फिल साल्टले ५९ रन बनाए । हैदराबादका मयंक मारकान्डेले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको क्षतिमा १ सय ९७ रन बनायो । हैदराबादका लागि अविशेक शर्माले सर्वाधिक ६७ रन तथा हेनरिच क्लासेनले ५३ रनको योगदान गरे । दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक ४ विकेट लिए ।

शनिबार नै गुजरात टाइटन्सले कलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै १२ अंकसहित शीर्ष स्थानमा उक्लियो ।

आज चेन्नई सुपर किंग्सले पञ्जाब किंग्स तथा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको सामना गर्ने भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com