२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

निजामती विधेयक संसद्‍मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको  सर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता शर्माका अनुसार निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्नुका साथै स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com