२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

टोखाको पछिल्लो अपडेट : रजनीलाई पछ्‌याउँदै प्रकाश

काठमाडौँ । टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन् । हालसम्मको मतगणनामा उनले ७ हजार ८ सय ९२ मत ल्याएर अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ७ हजार ५ सय ६४ मत ल्याएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा २९ वर्षीया थापा उपमेयरमा प्रतिस्पर्धामा थिइन्, उनी ९२ मतको अन्तरमा पराजित भएकी थिइन् ।

यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले ७ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ७ हजार ९६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com