२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

भारतमा विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि राहुल गान्धीसहितका नेता पक्राउ

काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।

आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा पिक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए ।

लोकसभा विपक्षका नेता राहुल गान्धीसहित दर्जनौं विपक्षी सांसदहरूलाई बाटोमै रोकिएकाे थियो । पक्राउ परेका नेताहरूमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र जयराम रमेश पनि छन् ।

पक्राउ परेपछि राहुल गान्धीले पत्रकारहरूलाई भने, ‘यो लडाइँ राजनीतिक होइन, संविधान बचाउने लडाइँ हो । सत्य पुरै देशको अगाडि छ।’ कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले यो संघर्ष जनताको मतदान अधिकार जोगाउन भएकोले ‘बीजेपीको तानाशाही’ अब नचल्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com