२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रामेछापको गोकुलगंगामा कांग्रेस विजयी

 

काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई १३ सय ८३ मतान्तरले पराजित गरेका हुन् । खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजय हासिल गरेका हुन् भने सुनुवारले ४ हजार ७ सय १० मत पाएका छन् ।

यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्षमा विजयी भएका सुनुवारलाई एमालेले यो पटक पनि उम्मेदवार बनाएको थियो । खड्का भने गत स्थानीय निर्वाचनमा गोकुलगंगा–५ को वडाअध्यक्षमा समेत पराजित भएका थिए ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उषादेवी कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी एमालेकी राधिका श्रेष्ठ ९नेवार०ले ४ हजार ६ सय ८६ मत पाएकी छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com