२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार (आज) ५ लाख १४ हजार ७६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो ।

योवर्ष ५ लाख १४ हजार ७६० जना विद्यार्थीहरुले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । बोर्डका अनुसार जसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका थिए ।

गत वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटमा गएर हेर्न सकिने छ । यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखेर ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com