२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गजुरी गाउँपालिका अध्यक्षमा माओवादीका गणेशलाल श्रेष्ठ विजयी

 

धादिङ । धादिङको गजुरी गाउँपालिका अधयक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलााल श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट सर्मिला विसुराल विजयी बनेकी छिन् ।

माओवादी केन्द्रले अध्यक्ष सहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडा समेत जित्न सकेनन् ।

अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् ।

यस्तै उप प्रमुखमा विजयी विसुरालले ५,६९९ मत ल्याएकी थिईन भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३,५९२ मत ल्याएकी थिईन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमाले सँग परिजित बनेकी थिईन । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।

विजेता वडा अध्यक्षहरु :

गजुरी -१ मा तारा भण्डारी, माओवादी केन्द्र
गजुरी -२ मा द्रोण कडेल, कांग्रेस
गजुरी -३ ऋषिलाल श्रेष्ठ, कांग्रेस
गजुरी -४ सुरेन्द्र चेपाङ, कांग्रेस
गजुरी -५ मा गोबिन्द लामिछाने, माओवादी केन्द्र
गजुरी -६ भक्त ब तामाङ, माओवादी केन्द्र
गजुरी -७ मा बद्री जम्कट्टेल, माओवादी केन्द्र
गजुरी -८ देवराज ओझा, माओवादी केन्द्र

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com