२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

धादिङ धुनिबेंसी नगरपालिका प्रमुुखमा समाजवादीका उम्मेदवार वालकृष्ण आचार्य निर्वाचित

 

काठमाडौँ । धादिङको धुनीबेंसी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् । साझा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका वालकृष्ण आचार्य ८ हजार ७ सय ६ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत पाएका छन्।

उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले ८ हजार ३ सय ८७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेकी मन्दीरा श्रेष्ठ​ले ६ हजार ४ सय ७० मत पाएकी छिन् ।

२०७४ को स्थानीय निर्वाचनमा पनि आचार्य एमालेका तर्फबाट नगर प्रमुखमा विजयी भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com