भरतपुरमा रेनु दाहाललाई १७१२ को अग्रता

भरतपुरमा रेनु दाहाललाई १७१२ को अग्रता
चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।
गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा ९माओवादी केन्द्र०का रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीचको मतान्तर एक हजार ७१२ पुगेको छ ।
दाहाल ९ हजार ९७० मतका साथ अग्रस्थानमा छन् भने सुवेदी ८ हजार २५८ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ३१५ मतका साथ तेस्रो स्थानमा छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन् ।
महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।
भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८३९ मत खसेकोमध्ये अहिलेसम्म २७ हजार ४३८ मतगणना गरिएको छ ।



