२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्रको विजयी

बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्रको विजयी

जनसेवा न्युज डटकम संवाददाता

जनता समानवादी पार्टी (जसपा) का संघीउ अध्यक्ष बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकाको माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित निर्वाचित भएकी छिन् ।
उनले निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।

माओवादीले जसपा र एमालेबीच तालमेलका बीच पालुङटार हात पारेको हो । काँग्रेससँगको तालमेल भाँडिएपछि पालुङटारमा जसपाले मेयर र एमालेले उपमेयर लिने गरी तालमेल भएको थियो । जसपासँगको तालमेल भत्काउन काँग्रेस लागि पनि घातक भएको छ । २०७४ मा काँग्रेसले जितेको प्रमुख पद माओवादीले खोसेको छ । माओवादीले प्रमुख जितेर उपप्रमुख पनि जोगाउन सफल भएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com