२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मुलुकभर थप १२ जनामा कोरोना पुष्टि, ९ जना निको भए

मुलुकभर थप १२ जनामा कोरोना पुष्टि, ९ जना निको भए

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

२ हजार ५८० जनाको आरटी पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९३८ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

हाल नेपालमा १ सय ५० जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com