२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

 

बिर्तामोड । झापाको झापा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैमा कांग्रेसले जितेको छ । बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित साहले एमालेका गौरीशंकर राजवंशीलाई दुई हजार ६ सय ३३ मतले पराजित गरे । साहले ६ हजार ९ सय ९८ मत पाए भने निकटतम प्रतिद्वन्द्वी राजवंशीले ४ हजार ३ सय ६५ मत मात्र पाए ।

उपाध्यक्षमा निर्वाचित थपलियाले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४ सय ९७ मतले पराजित गरिन । थपलियाले ५ हजार ८ सय ६८ मत पाइन भने निकटतम प्रतिद्वन्द्वी अधिकारीले ४ हजार ३ सय ७१ मत मात्र पाइन ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com