२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

दमक। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका राप्रपाले जितेको छ । राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन् ।

थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलोपटक मेयरमा चुनाव लडेकै २४ वर्ष वितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४३ सालदेखि मेयर बन्ने रेसमा थिए ।

तत्कालीन नगर पञ्चायत हुँदा उनले एमालेकी मेयर उम्मेदवार गीता अधिकारीका काका ससुरासँग कम मतले हार व्योहोरेका थिए ।

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए।

एमाले एक्लै प्रतिस्पर्धामा थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com