२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कोर एरियाका ३ वटा वडामा मतगणना जारीः स्थापित अगाडि, बालेन तेस्रो

कोर एरियाका ३ वटा वडामा मतगणना जारीः स्थापित अगाडि, बालेन तेस्रो

काठमाडौं । काठमाडौंको कोर एरियाका रुपमा चिनिने ३ वटा वडाको मतगणना अहिले जारी छ । यीमध्ये २ वटा वडामा एमालेका उम्मेदवार केशव स्थापितले र एउटामा स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिएका छन् ।

हाल कोर एरियाभित्रका वडा नम्बर २५, २६ र २७ को मतगणना भइरहेको हो । कुल मिलाएर यी ३ वटा वडामा १४९२ भोटको गणना सकिएको छ । जसमा ४५१ मत ल्याएर स्थापित अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह छिन् । तीनवटै वडा गरी उनको ३३१ भोट आएको छ ।

यस्तै तेस्रोमा रहेका बालेनले २६६ भोट ल्याएका छन् ।

वडा नम्बर २७ मा कायम गरेको भारी अग्रताले स्थापितको अंक बढी भएको हो । यो वडामा १२९२ मत गणना भइसक्दा स्थापितले ४११ मत ल्याएका छन् । रुखमा ३०० र लौरोमा २१० भोट परेको छ ।

वडा नम्बर २५ र २६ को भर्खरै मतगणना सुरु भएको हो । यी दुवै वडामा १००र१०० भोट गणना भएका छन् । जसमध्ये २६ वडामा ३८ मत ल्याएर बालेन अगाडि छन् । सूर्य र रुखको क्रमशः २० र १५ भोट आएको छ ।

वडा नम्बर २५ मा स्थापित अगाडि छन् । उनले २० भोट ल्याउँदा लौरोमा १८ र रुखमा १६ भोट आएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com