२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

६३८ पालिकाको गणना सकिँयो कसले कति जिते ?

६३८ पालिकाको गणना सकिँयो कसले कति जिते ?

काठमाडौं । हालै सम्पन्न स्थानीय चुनावअन्तर्गत देशका ७५३ स्थानीय तहमध्ये ६३८ वटामा गणना सकिएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । क्रमश : नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), छन् ।

कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।

एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो ।

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com