२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा सदभावनादूत नियुक्त

काठमाडौँ – कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पा इटालीको ‘ग्रान सासो एण्ड मोन्टी डेल्ला नेशनल पार्क’को सदभावनादूत नियुक्त भएका छन् ।

आरोही शेर्पालाई पार्कका अध्यक्ष तमासो नभारोले आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सदभावनादूतको नियुक्तिपत्र हस्तान्तरण गरे । ग्रान पार्क युरोपको ठूलो र प्रसिद्ध पार्क मानिन्छ । उक्त पार्कले जैविक संरक्षण र पर्यावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

दोलखा गौरीशंकरको रोलवालिङका फुर्वातेञ्जिङ शेर्पाले १५ पटक सगरमाथा आरोहण गर्नुका साथै सबैभन्दा छिटो तीन दिनमा दुईपटक सगरमाथा आरोहण, बिना अक्सिजन दुईपटक सगरमाथा आरोहण र कम उमेरमा (२४ वर्षको उमेरमा नौपटक) सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

सो अवसरमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पाले साहसिक काम गरेर विश्वभर पहिचान कमाउनुका साथै सोही कारण इटालीको नेशनल पार्कले सदभावनादूत बनाउनु नेपालका लागि निकै गौरवको विषय भएको बताए । शेर्पाको साहसिक काम र उनले प्राप्त गरेको उपलब्धि नेपालको सम्पत्ति र गौरव रहेको उनले उल्लेख गरे ।

विविल राइज फाउन्डेसनले आयोजना गरेको कार्यक्रम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले नेपालको छोरो फुर्वातेन्जिङले साहसिक काम गरेर इटालियन नेशनल पार्कको सद्भावना दूत बनेर नेपालको गौरव बढाएको बताए ।

उनले शेर्पा इमान्दार र मेहनती रहेको र यस्ता धेरै साहसिक र इमान्दार व्यक्तिहरू ओझेलमा परेको भन्दै विभिन्न ठाउँमा लुकेर बसेका प्रतिभालाई खोजेर उनीहरूको संरक्षणका साथै नेपालको गौरव बढाउने काममा संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सद्भावनादूत नियुक्त र्कीतिमानी आरोही शेर्पाले युरोपकै प्रसिद्ध इटालीको नेशनल पार्कको सदभावनादूत नियुक्तिले आगामी दिनमा नेपालको पहिचान र गौरव बढाउने थप काममा हौसला प्रदान गरेको बताए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com