२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेजिको माग गर्दै अखिल क्रान्तिकारी नेपालले गरे आयल निगम घेराउ

पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेजिको माग गर्दै अखिल क्रान्तिकारी नेपालले गरे आयल निगम घेराउ

काठमाडौँ । आज नेकपा (क्रान्तिकारी माआवादी) निकट जनवर्गीय सङ्गठन र मोर्चा सङ्गठन तिन नंः पर्देश को आयोजना मा पेट्रोलियम पदार्थमा गारियको मूल्य वृद्धि बिरुद्ध नेपाल आयल निगमको केन्द्रीय कार्यलयमा धर्ना तथा कोणको आयेजना गरिएको थियो। उक्त कार्यक्रम त्रिपुरेश्वर देखि नेपाल आयल निगमको कार्यलय टेकुसम्म विरोध र्याली सहिद नारा जुलुस सहित धर्ना तथा सभा भएको थियो। उक्त कार्यक्रमलाइ सञ्चालक अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष एवं ३ नंः परदेश संयोजक शिलु न्यौपानेले गर्नु भयको थियो।

उक्त कार्यक्रमा ३ नंः पर्देश संयोजक नेताहरु नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्दिय उपाध्यक्ष गोर्कि श्रेष्ठ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ संयोजकख अर्जुन लाल श्रेष्ठ , अखिल नेपाल किशान महासंघ (क्रान्तिकारी) समयोजक शेखर आचार्य ,क्रान्तिकारी युवा लिग नेपालकन संयोजक केशव धाल्कोती,अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका सम्योजक प्रेम तामाङ ले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमा नेताहरु जनताहरुको चुलो नबल्ने स्थिति पैदा भइको बेलामा नेपाल सरकार तथा आयल निगमले जनताको ढाड सेक्ने गरी बढाइने मूल्य वृद्धि तत्काल खारेज गर्न माग राखेका थिए।

उनिहरुले मुल्यवृदि भन्दा अन्य विकल्पहरु जनताहरुको माझ लिएर जनताहरुको जनजीविका हल हुने वैकल्पिक माध्यम हरु खोजि, अन्वेषणका कार्यहरुमा लाग्नु पर्ने भनेका थिए।कार्यक्रम पश्चात् पुनः तत्काल पेट्रोलियम पदार्थमा गारिएको मुल्य वृद्धि खारेज गर, काला बजारियाहरलाइ कार्वाहि गर, महँगा नियन्त्रण गर, भिभि–आइपी का नाममा दिइने पेट्रोलियम सुबिधा बन्द गर ,जनघति,रस्त्रघति सरकार मूर्दावाद जस्ता नाराहरु लगाएर कार्यक्रम समापन गरिएको जानकारी अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष शीलु न्यौपानेले जनसेवा न्युज डटकमलाई जानकारी गराउनु भयो।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com