२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क

काठमाडौँ ।  सेना दिवसको अवसरमा माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा बृहत् प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधिहरूको प्रदर्शनी हुनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई माघ १५ गते दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म र माघ १६ गतेदेखि १८ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको सेनाले जनाएको छ ।

यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सेनाको विश्वास छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com