२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सोलुखुम्बु जिल्लाका ८ पालिकाको मत गरणा नतिजा, सार्वजनिक कसले कुन तहमा कति ल्याए ?

सोलुखुम्बु जिल्लाका ८ पालिकाको मत गरणा नतिजा, सार्वजनिक कसले कुन तहमा कति ल्याए ?

जनसेवा न्युज डटकम संवाददाता

हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट सोलुखुम्बुमा ८ स्थानीय तहमध्ये काँग्रेसले ५ पालिकाका प्रमुख र पाँच पालिकामा उपप्रमुख पदमा जितेको छ । काँग्रेसले सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख पदमा जित हासिल गरेको हो । यस्तै, नेचा सल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका र सोताङ गाउँपालिकाको अध्यक्षमा जित हात पारेको छ ।

उपप्रमुख तथा उपाध्यक्षमा काँग्रेसले सोलुदुधकुण्ड नगरपालिका, नेचा सल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका र सोताङ गाउँपालिकामा जित हात पारेको छ । यस्तै एमालेले माप्य गाउँपालिका, खुम्वु पासाङल्हामु गरी २ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

यता माओवादी केन्द्रले एउटामात्र स्थानीय तहमा प्रमुख तथा उपप्रमुख जितेको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले जित हात पारेको छ ।

१. सोलुदुधकुण्ड नगरपालिका

यो नगरपालिका प्रमुखमा काँग्रेसका नाम्गेल जाङबु शेर्पा ४ हजार ८६८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका आङकाजी शेर्पाले ४ हजार ३९० मत पाएका छन् ।

२०७४ सालमा काँग्रेसका नाम्गेल जाङबु शेर्पा नै २ हजार ७५१ मतले विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी एमालेका आङ गेले शेर्पाले २ हजार ६०१ मत पाएका थिए ।

यस्तै उपप्रमुखमा यो नगरपालिकामा काँग्रेसकी गान्धीमाया तामाङ ४ हजार ६६७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी मोहन कुमारी कार्कीले ४ हजार १७ मत पाएकी छन् ।
२०७४ सालको चुनावमा उपप्रमुखमा काँग्रेसकी छुल्डी ल्हमु शेर्पा २७ सय १७ मतले विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना राई २ हजार ७६० मतले विजयी भएकी थिइन् ।

२. माप्य गाउँपालिका

यो गाउँपालिका अध्यक्षमा एमालेका बुद्धि किरण राई ३ हजार ३४३ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका चन्‍द्रबहादुर राईले २ हजार ९८५ मत पाए ।

२०७४ सालमा काँग्रेसका भोजराज कार्की १ हजार ५९९ मत पाई अध्यक्षमा निर्वाचित भएका थिए । उनले हाल निर्वाचित अध्यक्ष बुद्धि किरण राईलाई पराजित गरेका थिए । राईले २ हजार १९१ मत पाएका थिए ।

यो गाउँपालिका अध्यक्ष पद एमालेले काँग्रेसबाट खोसेको छ ।

उपाध्यक्षतर्फ एमालेकी जुनिता माया मगर ३ हजार ७७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गौरव राईले ३ हजार ७७ मत ल्याएका छन् ।

२०७४ सालको चुनावमा काँग्रेसकी उम्रिता राई १ हजार ६०८ मतका साथ उपाध्यक्षमा विजयी भएकी थिइन् । हाल उपाध्यक्षमा निर्वाचित एमालेकी जुनिता माया मगर २ हजार २६२ मत पाएर त्यतिबेला पराजित भएकी थिइन् ।

३. खुम्वु पासाङल्हामु गाउँपालिका

सोलुखुम्बुको यो गाउँपालिकाको अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा २ हजार २८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका चुङब शेर्पाले १ हजार ६०९ मत पाएका छन् ।

तर २०७४ सालको चुनावमा पनि काँग्रेसका चुङब शेर्पा १ हजार ४०२ मतका साथ पराजित भएका थिए । एमालेका ङिम दोर्जी शेर्पा १ हजार ४२४ मत पाएर विजयी भएका थिए ।

यो गाउँपालिकामा पनि काँग्रेसले प्रमुख पद गुमाउँदा एमालेले हात पार्न सफल भएको छ ।

उपाध्यक्षतर्फ एमालेकी टासी ल्हामु शेर्पा २ हजार २३ मत विजयी भएकी छन् । काँग्रेसकी निर्मला थापाले १ हजार ५८२ मत पाइन् ।

२०७४ सालको चुनावमा उपाध्यक्षमा काँग्रेसकी टासी ल्हमु शेर्पा १ हजार ४ सय २१ मतले विजयी भएकी थिइन् । उनका निकटम प्रतिस्पर्धी एमालेका नाङा ल्हमु शेर्पाले ८ सय ४६ मत पाएका थिए ।

४. थुलुङ दुधकोशी गाउँपालिका

यो गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अशिम राई ४ हजार ४९ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका वीर वहादुर गुरुङले ३ हजार ५ सय ११ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि माओवादी केन्द्रका अशिम राई नै २ हजार ५१२ मत पाएर विजयी भएका थिए । उनले पराजित गरेका काँग्रेसका हुतराज बस्नेतले २ हजार ३२४ मत पाएका थिए ।

उपाध्यक्षतर्फ माओवादी केन्द्रकी सविता राई ३ हजार ८०० मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी एककुमारी बस्नेत कार्की ३ हजार ५२३ मत पाएर पराजित भइन् ।

२०७४ सालको चुनावमा भने काँग्रेसकी सविता राई २ हजार ५८० मतले विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मेनुका पुरीले २ हजार २६९ मत पाएकी थिइन् । अघिल्लो निर्वाचनमा यो गाउँपालिकाको उपाध्यक्ष जितेको माओवादी केन्द्रले अहिले सो पद गुमाएको छ ।

५. नेचासल्यान गाँउपालिका

सोलुखुम्बुको यो गाउँपालिका अध्यक्षमा काँग्रेसका धन जन राई २ हजार ५७९ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका डुफ कुमार बास्तोलाले २ हजार ३१३ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि यिनै दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा भएको थियो । काँग्रेसका धन जन राई १ हजार ६५६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका डुफ कुमार बास्तोलाले १ हजार ६९८ मत पाएका थिए ।

उपाध्यक्षतर्फ काँग्रेसकी विना राई २ हजार ९०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सृजना राईले १ हजार ७१८ मत पाएकी छन् ।

२०७४ सालको चुनावमा उपाध्यक्ष पदका उम्मेदवार काँग्रेसकी कुमारी देवी शर्मा २ हजार २ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेकी अमृत कुमारी राईले १ हजार ५८१ मत ल्याएकी थिइन् ।

६. माहाकुलुङ गाउँपालिका

सोलुखुम्बुको यो गाउँपालिका अध्यक्षमा काँग्रेसका सूर्य बहादुर राई २ हजार १०० मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किराँतीले १ हजार ६२६ मत पाएका छन् ।

२०७४ सालको चुनावमा माओवादी केन्द्रका सागर किराती १ हजार ४१० मतले विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका भला काजी राईले १ हजार ३८३ मत पाएका थिए । यो गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष पद गुमाएको छ ।

यस्तै उपाध्यक्षमा काँग्रेसकी विपना कुलुङ १ हजार ३२९ मतले विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शुभ धनी राईले ७५० मत पाएकी छन् ।

२०७४ सालको चुनावमा काँग्रेसकी विपना कुलुङ नै १ हजार ३ सय ६४ मतले विजयी भएकी थिइन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी झरना किरातीले १ हजार २६८ मत पाएकी थिइन् ।

७. लिखु पिके गाउँपालिका

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका मिना देवी कार्की १ हजार १६९ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर बहादुर बस्नेतले १ हजार १४१ मत पाएका छन् ।

२०७४ सालको चुनावमा माओवादी केन्द्रका डम्बर बहादुर बस्नेत १ हजार १३६ मतले विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बस्नेतले ५१९ मत पाएका थिए ।

उपाध्यक्षमा काँग्रेसका ङावाङ लाक्पा शेर्पा १ हजार ४११ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी प्रमिला बस्‍नेतले ८१६ मत पाएकी छन् ।

२०७४ सालको चुनावमा उपाध्यक्षमा माओवादी केन्द्रकी प्रमिला बस्‍नेत १ हजार ४२ मतले विजयी भएकी थिइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसकी मिना देवी कार्कीले ८२८ मत पाएकी थिइन् ।

८. सोताङ गाउँपालिका

सोलुखुम्बुको यो गाउँपालिका अध्यक्षमा काँग्रेसका खिलराज बस्‍नेत १ हजार ६४८ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश कार्कीले १ हजार ५२० मत पाएका छन् ।

२०७४ सालको चुनावमा एमालेका विर बहादुर राई १ हजार ३ मत पाएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका खिलराज बस्‍नेतले ८ सय ४३ मत पाएका थिए । यहाँ एमालेले प्रमुख पद गुमाएको छ ।

उपाध्यक्षमा काँग्रेसका अञ्जु नाछिरिङ राई १ हजार ६ सय ६९ मत पाएर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेका मनसरी राईले १ हजार ६३४ मत पाएकी छन् ।

२०७४ सालको चुनावमा एमालेकी लक्ष्‍मी कार्की १ हजार ६७३ मत पाएर विजयी भएकी थिइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसकी नन्‍द कुमारी राईले ८४६ मत पाएकी थिइन् । यो गाउँपालिकामा एमालेले उपाध्यक्ष पद गुमाएको छ ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com