२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

धनुषाको पाँच पालिकाको अन्तिम परिणाम सार्वजनिक

धनुषाको  पाँच पालिकाको अन्तिम परिणाम सार्वजनिक

धनुषा । धनुषाको थप पाँच पालिकाको अन्तिम मत परिणाम आज सार्वजनिक भएको छ । तीमध्ये चारवटा पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । योसँगै धनुषाको १८ मध्ये १६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । केही बेरअघि सार्वजनिक धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका प्रदीपकुमार यादव चार हजार ४०९ मत ल्याएर प्रमुुखमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनिलकुमार यादवले दुई हजार ९११ मत ल्याए । उपप्रमुखमा निर्वाचित कांग्रेसकै दुर्गादेवीले चार हजार ४६५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका दिपीका क्षेत्रीले दुई हजार ९०३ मत प्राप्त गरे। धनुषाको सबैला नगरपालिकाको प्रमुुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका कारीराम यादव चार हजार १२१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसुन्दर साह मधुपले चार हजार ७६ मत प्राप्त गरेको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिए। उपप्रमुखमा निर्वाचित माओवादी केन्द्रकै रहिमा खातुनले चार हजार ६९९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किरणकुमार कापरले तीन हजार ६०४ मत ल्याए।

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा चार हजार ३०४ मत ल्याएर कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनिलकुमार यादवले चार हजार ९४ मत ल्याए। उपप्रमुखमा माओवादीका शोभादेवी साह तीन हजार ३३० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी०का अनिता कुमारीले दुई हजार ७९७ मत प्राप्त गरे।

धनुषाको मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनिता सिंह बुढाथोकी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा सात हजार ३१ मत ल्याएर महतो विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेका राजाराम महतोले छ हजार ९४० मत ल्याए। उपप्रमुखमा निर्वाचित एमालेका बुढाथोकीले सात हजार ४१४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निर्मला कोइरालाले छ हजार ७३५ मत प्राप्त गरे ।

यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका जितनारायण यादव तीन हजार १०८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रमचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरे।

उपप्रमुख कांग्रेसकै तुलसाकुमारी पाण्डेले तीन हजार २८३ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गरे। धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना जारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com