२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

उदयपुर नवनिर्वाचित ६ पालिकाका प्रमुखहरूलाई शपथ ग्रहण

उदयपुर नवनिर्वाचित ६ पालिकाका प्रमुखहरूलाई शपथ ग्रहण

उदयपुर । नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई शनिवार जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। जिल्ला अदालत उदयपुरको सभाहलमा नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षलाई अनुसूची २ को दफा १०९ अनुरूप शपथ खुवाएको हो ।

उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तह मध्ये ६ पालिकाका प्रमुखहरूलाई शपथ ग्रहण खुवाइएको छ । गाईघाटस्थित उदयपुर जिल्ला अदालतमा न्यायाधीश दीपक खनालले ४ गाउँपालिका र दुई नगरपालिका गरी जम्मा ६ प्रमुखलाई शपथ खुवाएका हुन् ।

शपथ लिनेहरूमा लिम्चुङबुङ गाउँपालिकाबाट निर्वाचित मेजरकुमार राई, रौतामाई गाउँपालिकाबाट निर्वाचित बिरेन्द्रकुमार मगर, उदयपुरगढी गाउँपालिकाबाट निर्वाचित मानबहादुर केप्छाकी मगर, ताप्ली गाउँपालिकाबाट निर्वाचित ढुंङ्गराज विक र नगरपालिका तर्फ चौदण्डीगढी नगरपालिकाबाट निर्वाचित कालुमान लामा र बेलका नगरपालिकाबाट निर्वाचित अशोक कार्की रहेका छन् ।

न्यायाधीश खनालले नगरपालिका तर्फबाट निर्वाचित लामा र कार्कीलाई पहिलो चरणमा र दोस्रो चरणमा गाउँपालिका तर्फबाट निर्वाचित चार जना अध्यक्षलाई शपथ खुवाएका थिए । उदयपुरमा दुई नगरपालिकाको भने मत परिणाम आउनै बाँकी रहेको छ ।

विवादका कारण त्रियुगामा मतगणनै हुनसकेको छैन भने कटारीमा भइरहेको छ । विवाद रहित समयमै सकिएका ६ गाउँपालिका मध्ये लिम्चुङबुङ गाउँपालिकाले सबैभन्दा पहिले मत परिणाम सार्वजनिक गरेका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com