२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

उत्तर कोरियाको मद्दतका लागि अमेरिका अघि बढ्यो, किम जोङले दिएनन् जवाफ

उत्तर कोरियाको मद्दतका लागि अमेरिका अघि बढ्यो, किम जोङले दिएनन् जवाफ

एजेन्सी

उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले उत्तर कोरियालाई खोप प्रस्ताव गरेको तर उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यो कुरा अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका हुन् ।

उत्तर कोरियाले पहिलो पटक आफ्नो देशमा आधिकारिक रुपमा कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशका करिब २५ लाख मानिस ‘ज्वरो’ को चपेटामा छन् र उत्तर कोरियामा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ ।

उत्तर कोरियामा कम मात्रामा परीक्षण भइरहेको र भ्याक्सिनको आपूर्ति पनि निकै सीमित भएकाले यहाँको अवस्था निकै गम्भीर रहेको विश्वास गरिन्छ ।

जो बाइडेनले आफ्नो दक्षिण कोरियाको भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलसँग विज्ञप्ति जारी गर्दै बाइडेनले भने, ‘ हामीले खोप उत्तर कोरियालाई मात्र नभई चीनलाई पनि प्रस्ताव गरेका थियौं । तर, हामीले अहिलेसम्म कुनै प्रतिक्रिया पाएका छैनौँ ।’

दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि अहिलेसम्मकै ठूलो राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।

सैन्य, आर्थिक र मानवीय सहयोगसहितको यो प्याकेज करिब ४० अर्ब डलरको छ ।

यसैबीच दक्षिण कोरियाको भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले उत्तर कोरियाली शासक किम जोङ उनसँग प्रत्यक्ष वार्ताका लागि गम्भीरता देखाए आफू भेट्न तयार रहेको बताएका छन् ।

बाइडेनले पनि उत्तर कोरिया विरुद्ध दक्षिण कोरियाको सुरक्षा बलियो बनाउन आफू तयार रहेको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले पनि राष्ट्रपति बाइडेनसँग दक्षिण कोरियामा थप अमेरिकी लडाकु विमान, क्षेप्यास्त्र र सेना तैनाथ गर्ने सम्भावनाबारे छलफल गरे ।

राष्ट्रपति बाइडेन अघि अमेरिकी राष्ट्रपति रहेका डोनाल्ड ट्रम्प उत्तर कोरियाली शासकलाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति थिए ।

 

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com