२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

७०५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ? (सूचीसहित)

७०५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ? (सूचीसहित)

काठमाडौँ । एक महानगरसहित ७०५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

आइतबार बिहानसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ७०५ स्थानको परिणाम सार्वजनिक भएको हो । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसयता लगातार मतगणना भइरहेको छ ।

परिणामअनुसार ३११ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १९०, माओवादी केन्द्रले १२० पालिका प्रमुख जितेको छ ।

यस्तै जनता समाजवादी पार्टीले २८, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १०, स्वतन्त्र उम्मेदवारले ९ स्थानमा जित हाँसिल गरको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चाले र नागरिक उन्मुक्ति पार्टीले समान ४र४ पालिकामा जित निकाले छन् ।

त्यस्तै जनमत पार्टीले २, मजदुर किसान पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टीले र विवेकशील साझाले समान १/१ स्थानमा जित निकालेका छन् ।

जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १४, एमाले १६, माओवादी २, जसपा ४, एकीकृत समाजवादी २, लोसपा ५ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com