सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई कारवाही गर्न अखिल क्रान्तिकारीको माग

सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई कारवाही गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ । सेन्ट लरेन्स कलेजमा शिक्षक जनार्दन अधिकारीले पटक – पटक यौन दुर्व्यवहार गरेको बिषयमा सोहि कलेजमा अध्यनरत विद्यार्थी हरुले आन्दोलन गर्दा भएको धरकपट बारे (नेकपा क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष शिलु न्यौपानेले बिज्ञप्ति निकाली आपत्ति जनाउनु भएको छ ।
कलेजमा अध्यनरत ३ जना छात्रा र एक जना महिला कर्मचारी माथि भएको दुर्व्यवहार बाहिरिए पछी विद्यार्थीहरुले तत्काल शिक्षक जनार्दन अधिकारी लाई कारवाईको माग राख्दै आन्दोलनमा उत्रिएको थिए ।




