२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नीति तथा कार्यक्रमले नयाँ ऊर्जा दिएको छ : सांसद विनोद चौधरी

नीति तथा कार्यक्रमले नयाँ ऊर्जा दिएको छ : सांसद विनोद चौधरी

काठमाडौं । उद्योगी एवं सांसद विनोद चौधरीले नीति तथा कार्यक्रममार्फत मुलुकलाई औद्योगिकीकरणमा लैजाने प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस भएको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रमले नयाँ ऊर्जा थपेको बताए ।

“उद्योग व्यवसायको मात्र नभनौँ, समग्रमा धेरै अध्ययन गरेर, धेरै क्षेत्रका कुरा बटुलेर, थुप्रेर बसेको समस्या समाधान गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको छ”, चौधरीले भने ।

सरकारले ल्याएको नीति तथा कार्यक्र म र बजेट कार्यान्वनयका बारेमा जहिले पनि प्रश्न चिह्न लाग्दै आएको उल्लेख गर्दै उनले कार्यान्वयनको पाटोलाई दरिलो बनाउन आग्रह गरे ।

“आशा गरौँ, नीति तथा कार्यक्रम राम्रोसँग कार्यान्वयन भएर जानेछ”, चौधरीले भने ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com