२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

२ चैत, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सरकारको मुख्य नारा सुशासन हो । त्यसैले तेरो–मेरो भन्ने कुरा छैन, कानुनी रुपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’

गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com