२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गुजरात आईपीएलको फाइनलमा

गुजरात आईपीएलको फाइनलमा

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै गुजरात फाइनल प्रवेश गरेको हो ।

गुजरातलाई फाइनलमा पुर्याउन डेविड मिलरले ३८ बलमा ६८ रन बनाए । क्वालिफायर वानमा गुजरातलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । त्यसमा मिलरले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । उनले कप्तान हाद्र्धिक पान्ड्यासँग १ सय ६ रनको नटआउट साझेदारी पनि गरे र टिमले १९.३ ओभरमा तीन विकेट गुमाएर १ सय ९१ रन बनायो।

पान्ड्याले २७ बलमा ४० रन बनाए । अब राजस्थानले फाइनल प्रवेशको दोस्रो सम्भावानाका लागि क्वालिफायर टु खेल्नेछ । त्यस अगाडि राजस्थानले छ विकेटमा १ सय ८८ रन बनाएको थियो ।

त्यसमा जस बटलरले ५६ बलमा ८९ रन बनाए । यस्तै कप्तान सन्जु साम्पसनले ४७ रनको योगदान दिए ।

बुधबार पहिलो इलिमिनेटर हुनेछ । त्यसमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोर खेल्नेछन् । त्यसको विजेताले राजस्थानको सामना गर्नेछ । गुजरात टाइटन्सको टोली पहिलो पटक आईपीएलमा सहभागी भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com