२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

दुर्गा प्रसाईं समूहले मंसिर ७ मा बल्खुमा प्रदर्शन गर्ने, डेढ लाख मानिस उतार्ने दाबी

काठमाडौँ – दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भएको छ ।

महाअभियानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रशासनको सुझावमा आफूहरूले काठमाडौंको बल्खुमा मङसिर ७ गते प्रदर्शन गर्न लागेको जनाएको हो ।

अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले बल्खुमा हुने कार्यक्रमका लागि डेढ लाख मानिसहरू काठमाडौं आइसकेको दावी गरे । उनले उक्त अभियान दुर्गा प्रसाईको मात्रै नभएकाले उनलाई मात्रै जोडेर हेर्न नमिल्ने बताए । त्यस्तै उनले युवा संघले समेत सोही दिन गर्न लागेको प्रदर्शनले आफूहरूलाई फरक नपर्ने र आफूले कसैसँग प्रतिष्पर्धा गर्न प्रदर्शन नराखेको उल्लेख गरे ।

प्रदर्शनअघि ललितपुर, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट  र्याली गरि बल्खु पुग्ने महाअभियानले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com