२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्छ : चिरिबाबु महर्जन

काठमाडौँ- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

निर्माण कम्पनीहरूलाई कामयाबी बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उनको तर्क थियो । आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधार गरी निर्माण कार्यले गति लिएमात्रै पुँजीगत खर्च बढ्ने र मुलुक बन्ने समेत स्पष्ट पारे ।

उनले कन्स्ट्रक्सन इन्डष्ट्रिहरूको काममा सुधार ल्याउनका लागि अनुगमनको काममा कडाइ गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका नियामक निकायको ध्यानाकर्षण गराए । उनले निर्माण कम्पनीले लिएको जिम्मेवारी अनुसारको काम अघि नबढाउँदा आफूले ठेक्का नै रद्द गर्ने चेतावनी दिए पनि सुनुवाइ नभएको गुनासो गरे ।

निर्माण कम्पनीहरूको काममा सुधार ल्याउनका लागि आफूले सम्बन्धित निकायमा पटकपटक आग्रह गरे पनि सो अनुसार काममा सुधार हुन नसकेको स्मरण गराए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com