२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आफ्नो सुनान क्षेत्रमा उत्तर कोरियाले तीन क्षेप्यास्त्र हानिदिएको दक्षिण कोरियाको दावी

आफ्नो सुनान क्षेत्रमा उत्तर कोरियाले तीन क्षेप्यास्त्र हानिदिएको दक्षिण कोरियाको दावी

एजेन्सी । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो ।

दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।

बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो ।
बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com