२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली

निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरमा जारी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

यस पटकको निर्वाचनमा अन्य दलमा नभई एमालेभित्रै अन्तर्घात भएको बताउँदै उनले भनेका छन्, ‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ ।’

चार÷चार वटा महानगरपालिकामा एमालेले उपमेयर जितेपनि मेयर जित्न नसक्नुको कारण अन्तर्घातको भएको उल्लेख गरे । त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप पनि लगाए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com