२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

व्यास नगरपालिका : सपथ नलिँदै उपमेयरलाई गाडी मोह !

व्यास नगरपालिका : सपथ नलिँदै उपमेयरलाई गाडी मोह !

तनहुँ । जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा बुधबार व्यास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको प्रमाण–पत्र तथा सपथ ग्रहण कार्यक्रम थियो ।

बिहान ११ बजेदेखि हुने भनिएको कार्यक्रम केही समय पछि धकेलियो । नवनिर्वाचित जनप्रतिनिधि नै निर्धारित समयभन्दा पछि आएका थिए । सपथ ग्रहण कार्यक्रममा कोही आफ्नो निजी सवारी साधन लिएर आएका थिए भने कोही पैदल नै आएका थिए ।

तर, व्यास नगरपालिकाको उपप्रमुखमा निर्वाचित इन्दिरा दरै भने जनप्रतिनिधिको सपथ ग्रहण नलिँदै नगरपालिकाको गाडीबाट कार्यक्रममा आएकी थिइन् । उपमेयर दरैलाई लिनको लागि गाडी घरमै पुगेको बताइएको छ ।

सबै जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले प्रमाणपत्र वितरण गरेका थिए, भने नगरप्रमुख बैकुण्ठ न्यौपानेले सपथ खुवाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com