२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

‘कबड्डी ४’ले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउँछ : अभिनेता दयाहाङ राई

‘कबड्डी ४’ले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउँछ : अभिनेता दयाहाङ राई

काठमाडौं । कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुँदैछ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको थियो ।
फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो । कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताए ।

उनले कबड्डी एकदेखि ४ सम्म आइपुग्दा ‘काजीको जीवन कसरी चलिरहेको छ ?’ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताए । उनले कबड्डी ४ विशेष हुने पनि बताए ।

त्यस्तै नायक सौगात मल्लले ‘कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ ?’ भन्ने नै मुख्य भाग रहेको बताए । त्यस्तै नव नायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताइन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ ।

‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com