२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रोमानियामा आफूमाथि बोतल प्रहार गर्ने युवकलाई कानुनी कारवाही नगर्न प्रकाश सपुतको आग्रह

काठमाडौँ –  रोमानियनमा गीत गाइरहेको समयमा प्रकाश सपुतमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफी दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा  भिडियोमा प्रकाश सपुतले बोतल प्रहार गर्र्ने युवकलाई सम्झाउँदै उनको र परिवारको भविष्य सम्झेर आफूले पनि माफी दिएको र आयोजकलाई पनि माफी दिन आग्रह गरेको बताएका छन् ।

‘हामी यहाँ प्रहरीसँग डिल गरिरहेका छौँ । उसलाई सकेसम्म नेपाली हो, दुःख नदिउँ । यहाँबाट फर्किन नपरोस । अर्काको देशमा जेल जान नपरोस् भनेर हामी प्रहरीलाई सम्झाइरहेका छौँ । नरेशजीलाई दूतावासबाट फोन आइरहेको छ । प्रहरीले सुरक्षा दिन सक्दैनस् भने किन कार्यक्रम गरेको ? भनेर भनिरहेको छ । प्रहरीले कि हान्ने मान्छेलाई समाउँछौँ कि तँलाई भनेर भनिरहेको छ । अब तपाईँ जेल जाने कि हामी ? ‘

भिडियोमा अगाडि भनिएको छ, ‘ मलाई तपाईँले हान्नु भयो, मेरो त घाऊ निको हुन्छ । तपाईँको भविष्य के हुन्छ ?तपाईँको बाबुआमाले थाहा पायो भने के हुन्छ ?’
भिडियोमा प्रकाश सपुतले पीडकमाथि कुनै कारबाही नगर्न पनि आयोजकलाई आग्रह गरेका छन् । उनले पीडक युवकलाई रक्सी छाड्न पनि आग्रह गरेका छन् ।
बोतल प्रहार गर्ने युवकले भने आफूबाट अन्जानमा गल्ती भएको र कसैलाई पनि त्यसो नगर्ने आग्रह गर्दै माफी मागेका छन् । सपुतले यो घटनाले आफ्नो पनि मनोबल कमजोर भएको र भविष्यमा कार्यक्रममा सहभागी हुन पनि डर लागिरहेको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com