२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

ओलीलाई झलनाथको जवाफ : मैले पनि ५५ रोपनी जग्गा राज्यलाई दिएर सीटीइभीटी डाँडा बनाएँ

ओलीलाई झलनाथको जवाफ : मैले पनि ५५ रोपनी जग्गा राज्यलाई दिएर सीटीइभीटी डाँडा बनाएँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले आफ्नो सम्पत्ति राज्यलाई सुम्पिने व्यक्ति आफूमात्र रहेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

संसदको रोष्टमबाटै ओलीलाई जवाफ दिँदै खनालले ओलीले भन्दा पहिले आफूले पुर्ख्यौली सम्पत्ति राज्यलाई दिएर इलाममा सीटीईभीटी भवन बनाएको बताए ।

खनालले भने, ‘प्रमुख प्रतिपक्षको नेताले व्यक्तिगत सम्पत्ति राज्यलाई दिने कोही छ ? भनेर च्यालेन्ज गर्नुभयो । सदनलाई जानकारी होस्, म उहाँभन्दा १५ वर्षअघि प्रधानमन्त्री भएकै बेला इलामको ५५ रोपनी मेरो जग्गा राज्यलाई दिएर सीटीइभीटी निर्माण गरेँ । इलाममा जग्गा खोज्दा कतै नमिलेपछि मैले आफ्नै जग्गा दिएको थिएँ । सभामुख र माननीय सांसदहरुलाई इलामको सीटीईभीटी डाँडामा गएर एकचोटी अवलोकन गर्न आग्रह गर्छु ।’

खनालले दुईजना पूर्वप्रधानमन्त्री नै सम्पत्ति राज्यलाई दिनेमा दरिएपछि अरु पनि निस्कने अपेक्षा व्यक्त गरे ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com