२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेकपा केन्द्रीय समितिको बैठक आजदेखि सुरु

नेकपा केन्द्रीय समितिको बैठक आजदेखि सुरु

जनसेवा न्युज डटकम संवाददाता

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३ औं पूर्ण बैठक उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा आजबाट सुरु भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका महासचिव विप्लवले १३औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको सहभागिता रहेको छ । बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यहरू भोलि १३ गतेदेखि राजनीतिक प्रस्तावमाथि आ-आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com