२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक

स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक आव्हान र सुरुसमेत हुन थालेका छन् । शुक्रबारदेखि बागमती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भएलगत्तै प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले पनि बैठक आव्हान गरेको छ ।

प्रदेश १ र सुदूरपश्चिमले १६ जेठका लागि र मधेश प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आव्हान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन । १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आव्हान गरिएका हुन् ।

शुक्रबारदेखि जारी बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद्‌ २०७६ लाई संशोधन गर्न बनेको विधेयकलगायत ५ वटा अध्यादेश संशोधन गर्नका लागि प्रदेश सभा बैठकमा प्रस्ताव गरेका छन् भने गण्डकी प्रदेशले पुर्व पदाधिकारीलाई सुविधा दिने गरी कानुन निमार्ण गर्न समिति निमार्ण गरेको छ ।

गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खड्‌काले जानकारी दिएका छन् ।

यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बिनियोजन विधेयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आव्हान गरिसकेको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com