२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मेयर बालेनकी श्रीमती सबिना भन्‍छिन् तिमीलाई, मलाई र हामी सबैलाई बधाइ

मेयर बालेनकी श्रीमती सबिना भन्‍छिन् तिमीलाई, मलाई र हामी सबैलाई बधाइ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई श्रीमती सबिना काफ्लेले बधाइ दिएकी छिन् । काठमाडौँ महानगरपालिकाको मेयरमा शाह निर्वाचितलगत्तै काफ्‍लेले शाहलाई बधाइ दिएकी हुन् ।

उनले भनेकी छिन्, अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् ।

उनले तिमी मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छिन् । आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ काफ्लेले लेखेकी छिन् यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।

घरीघरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उनले भनेकी छन्, उहाँहरूको माया सम्झन्छु, उहाँहरूको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरू धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गाह्रो होला तर असम्भव छैन ।

घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाइ । मलाई हार्दिक बधाइ । हामी सबैलाई हार्दिक बधाइु उनले लेखेकी छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com