२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रतिक्रान्ति रोक्न निरन्तर संघर्ष जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला क्रान्तिहरूसँगै भयानक प्रतिक्रान्तिको पनि जन्म हुने बताउँदै क्रान्तिको रक्षाका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताएका छन् ।

शनिबार दिउँसो माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री राम कार्कीद्वारा लिखित पुस्तक ‘‘विकल्प, समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै एकपटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको बताएका हुन् ।

कार्यक्रममा उनले भने–‘मार्क्सवाद सामाजिक क्रान्तिको विज्ञान हो, तसर्थ यो निरन्तर परिवर्तनशील छ । मार्क्सवादले हामीलाई कुनै सूत्र दिएको छैन, जसले आफसेआफ फटाफट क्रान्ति गरोस्, बरु यसले क्रान्तिकारी परिवर्तनका निम्ति महत्त्वपूर्ण दिशाबोध गरेको छ ।’

उनले आजको परिस्थितिमा क्रान्ति आजकै विशेषताका आधारमा हुन्छ र हुनुपर्ने बताए । आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका आधार, भूराजनीतिक सन्तुलनका आधारमा अगाडि बढेर मात्र हामी सही निष्कर्षमा पुग्न सक्ने उनको भनाई थियो ।

उनले कार्कीले विभिन्न सन्दर्भमा लेखेको विचारोत्तेजक लेखहरू एवं विभिन्न बौद्धिक एवं वैचारिक कार्यक्रममा उनले व्यक्त गरेको प्रवचन र पेश गरेको कार्यपत्रहरूको समेत सङ्कलित रचनाको पुस्तक रहेको बताउँदै पुस्तकमा लेखकले आजको समस्त समस्याहरूको समाधान समाजवादी व्यवस्थाले मात्रै दिन सक्ने बताउँदै समाजवादभित्र स्वतन्त्रताको मूल्य सबैभन्दा माथि हुनुपर्ने निष्कर्ष निकालेको बताए ।

पुस्तकमा बीसौं शताब्दीको समाजवादबारे गम्भीर समीक्षा गरिएको,  जसमा महान् क्रान्तिहरू, कम्युनिस्ट एवं वामपन्थी पार्टीहरूबिच चलेका बहसहरू, अन्तरसंघर्षहरू, भयानक प्रतिक्रान्ति र त्यसका शिक्षाहरूबारे अध्ययन र विश्लेषण गरिएको बताए ।

उनले लेखकले आफ्ना रचनाहरूमा आलोचनात्मक दृष्टिकोण राखेको विश्व कम्युनिस्ट, मजदुर एवं वामपन्थी आन्दोलनका केस्रा केस्रा केलाएर विकल्प प्रस्तुत गर्नु सो पुस्तकको सबैभन्दा ठुलो सफलता रहेको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com