२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश दिएको बताएका छन् ।

संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले संविधान मिच्‍न चाहने शक्तिलाई जनतालाई मन नपराएको पनि बताए ।

‘संविधानलाई मिच्‍न चाहने, संविधान उल्ट्याउन चाहने प्रवृत्तिलाई निर्वाचनको प्रक्रियाबाट जनताले राम्रो सन्देश दिनु भएको छ’, प्रचण्डले भने, ‘यो निर्वाचन सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा कोशेढुङ्‍गा हुनेछ । र, संविधान उल्ट्याउन चाहने तत्वलाई जनताले मन पराएनन् ।

प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अब, गठबन्धन सरकार प्रदेश र सङ्‍घीय निर्वाचनतर्फ उन्मुख हुने उनको भनाइ छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com