२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

‘नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्यो, खुट्टा नकमाउनुस्’

‘नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्यो, खुट्टा नकमाउनुस्’

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी (केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन् । उनले शनिबार संसदमा भएको प्रि–बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे ।

यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले बताए । यसका साथै, सुर्तीजन्य वस्तुको प्रयोगका विषयमा समेत सरकार चुप बसेकोमा उनले गुनासो गरे ।

यसबाहेक कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने, माटो परीक्षण गर्ने, सिञ्चाई सुविधा विस्तार गर्ने, उत्पादन बढाउने दशकव्यापी अभियान र स्वास्थ्य क्षेत्रमा लिइएको नीति उपयुक्त भएको उनको भनाइ छ । यसैगरी, वि।स। २०८६ साल भित्रै दिगो विकासको लक्ष्य पुरा गर्ने विषय समेत उत्कृष्ट रहेको पोखरेलले बताए ।

यसैगरी, नेपाल आयल निगमको एकाधिकार र चुहावट घटाउन समयमै सचेत बन्नुपर्ने बताउँदै उनले अत्याधिक खर्च घटाउने र पेट्रोलियम पदार्थको खपत घटाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने पोखरेलले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com