२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट विनियोजनसँगै पूर्व– पश्चिम राजमार्गलाई ४ लेन बनाउने कार्यलाई तीव्रता दिइनेछ ।

यस्तै, आगामी वर्ष नारायणघाट–बुटवल सडकखण्ड निर्माण कार्य सम्पन्न गरिनेछ । आगामी वर्ष ८ सय किलोमिटर विस्तार हुनुका साथै २ सय ५७ किलोमिटर सडक विस्तार हुनेछ ।

काठमाडौं–तराई द्रुतमार्ग विस्तार ३ वर्षभित्र गरिने पनि उनले बताएका छन् । यसका लागि ३० अर्ब ७ करोड बजेट विनियोजन गरेको उनले बताए ।

हुलाकी राजमार्ग विस्तारका लागि ६ अर्ब ७ करोड विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग स्तरोन्नतिका लागि २ अर्ब ९१ करोड रकम विनियोजन गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com