२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

यौन दूव्र्यवहारविरुद्ध सेन्ट लरेन्सका विद्यार्थीद्वारा माइतीघरमा विरोध प्रदर्शन

यौन दूव्र्यवहारविरुद्ध सेन्ट लरेन्सका विद्यार्थीद्वारा माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दूव्र्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । विहीबार काठमाडौंको माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दूव्र्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उनीहरुले हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँलगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले यौन दूव्र्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग पनि गरेका छन् ।

विरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दूव्र्यवहार गरेको बताइन् ।

विद्यार्थीहरुले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समय यता विरोध प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com